के हाे पल र समीक्षा विवाद ? अन्तत: दुवैले दिए पालैपालाे स्पष्टीकरण



काठमाडौँ । फिल्मी दुनियाँ सबैभन्दा बढी चर्चा, र विवादको दुनियाँ हो । हरेक क्षण यस क्षेत्रसँग सम्बन्धित कुनै न कुनै कुरा कि चर्चामा आउँछ कि विवादमा आउँछ  ।

नायक पल शाह र गायिका समीक्षा अधिकारी केही समययता चर्चामा छन् । उनीहरूबिचको अन्तरङ्ग सम्बन्धबारे फिल्म नगरीमा चर्चा चल्न थालेपछि यी दुई केही समयदेखि मिडियासँग समेत साक्षात्कार गर्न डराइरहेका थिए।

एक सातायता चर्चामा रहेका यी दुईको सम्बन्धको विषयमा गसिप र समाचार आउन थालेपछि समीक्षा र पलले सामाजिक सञ्जालमार्फत आफ्नो सम्बन्धलाई प्रस्ट्याएका छन् ।

पलले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै केही दिनदेखि समीक्षा र आफ्नो सम्बन्धको विषयमा आएका समाचारले आफूलाई माया गर्ने दर्शक निक्कै दुःखी भएको महसुश आफूले गरेको उल्लेख गरेका छन् ।

पलले आफूलाई हुँदै नभएको र नगरिएको आरोप लगाइएको बताएका छन् । ‘काम गर्ने क्रममा व्यक्ति वा समूहसँग नजिक भइन्छ र साङ्गीतिक सहकार्य समीक्षासँग भएको हो’ पलले लेखेका छन्,’पछिल्लो केही दिनयता आएका खबरले मेरो शुभचिन्तकसँगै परिवारलाई समेत दुःखी बनाएको छ ।

यस्तै, आइतबार  समाचारको विषयमा गायिका समीक्षा अधिकारीले पनि पलसँगको सम्बन्धबारे आफूहरूबिच त्यस्तो कुनै अनैतिक सम्बन्ध नभएको र पललाई आफूले अभिभावक मान्ने बताउँदै एक स्पष्टीकरण सार्वजनिक गरेकी थिइन् ।

 यस्तो छ गायिका समीक्षा र पलको फेसबुक स्टाटस:

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्