जेलमा रहेका छोरा आर्यनलाई भेट्न जाँदै गौरी खान



काठमाडौँ । बलिउड स्टार शाह रुख खानका जेठा छोरा आर्यन खान ड्र’ग्स प्र’करणमा हिरासतमा रहेका  छन् । गत बिहीबार बिहान अक्टोबर २ मा हिरासतमा परेपछि शाह रुखले छोरा आर्यनलाई पहिलो पटक आर्थर रोड जेल पुगेर आर्यनलाई भेटेका थिए ।

भारतीय मिडियाले उल्लेख गरेअनुसार आमा गौरी खान पनि छोरा आर्यनलाई भेट्न जान लागेकी छिन् । छोरा प’क्राउ परेपछि निकै बेचैन भएका शाह रुखले गत बिहीबार बिहान आर्थर रोड जेल पुगेर आर्यनलाई भेटेका थिए।

छोरा जेलमा रहेकोमा आमा गौरी निकै चिन्तित छिन्। उनी आर्यनलाई भेटेर कुरा गर्न चाहिन्छन्।  अक्टोबर २ मा नार्कोटिक्स कन्ट्रोल ब्युरोले पानीजहाजमा भएको ड्रग्स पार्टीमा छापा मारेर आर्यनसहितका आ’रोपीलाई प’क्राउ गरेको थियो । 

शाह रुख छोरालाई धरौटीमा रिहा गराउन निकै लागिपरेका थिए । तर मुम्बई अदालतले दुई पटक धरौटीमा रिहा गर्न आर्यनले गरेको आग्रहलाई अस्वीकार गरेको छ । आगामी मंगलबार पुनः यसबारे सुनुवाइ हुने जनाइएको छ । त्यसपछि शाह रुखले जेल पुगेर छोरालाई भेटेका थिए । 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्