दाङमा सम्राट सिमेन्टद्धारा उत्पादन सुरु



दाङ, ३० बैशाख २०७४ जिल्लामा सम्राट सिमेन्ट उद्योगले आफ्नो उत्पादन सुरु गरेको छ । १६० करोड लगानीमा उद्योगले उद्योग सञ्चालनमा आएको हो । उद्योगले गजराज नामक ओपिसी र पिपीसी सिमेन्ट उत्पादनमा ल्याएको उद्योगका म्यानेजिङ डाईरेक्टर बासु पाण्डेले जानकारी दिनुभयो । करिव ३५ बिगाह क्षेत्रफलमा स्थापना गरिएको उद्योगले दैनिक १८ सय मेट्रिकटन सिमेन्ट र तीन हजार टन क्लिंकर उत्पादन गर्ने पाण्डेको भनाई छ । उद्योगमा हिमालय ,एभरेष्ट , नेपाल बंगलादेश र मेघा बैङ्क संगै स्थानिय उद्योगीहरुले पनि लगानी गरेको जानकारी दिनुभयो।उद्योगमा संसारकै उच्चकोटीमा पर्नै अत्याधिक जर्मन प्रविधी मेशिन समेत जडान गरिएको छ ।
उत्पादित सिमेन्टको गुणस्तरियताको मापनका लागि अत्याधुनिक तिब्र गतिको नयाँ उपकरण राखेको वताउनुभयो । नेपालमा यो मेशिन तीन वटा सिमेन्ट उद्योगले मात्र जडान गरेको उल्लेख गर्नुभयो । उद्योगका लागि आबश्यक पर्ने १२ सय मेघावाट विधुत नेपाल विधुत प्राधिकरणबाट व्यवस्थापन मिलाएको उल्लेख गर्नुभयो ।उद्योगका लागि आबश्यक पर्नै कच्चा पदार्थ दाङको काभ्रे,ल्वाहारपानी, स्युजा, रोल्पाको डुव्रिङ,प्युठानको रम्दी र भारतबाट समेत आयात गरिने उद्योग सञ्चालक छुतेन लामाले जानकारी दिनुभयो । उद्योगमा हाल नेपाल र भारतका गरी ५७ जना कर्मचारीले रोजगार पाएको उल्लेख गर्नुभयो । उद्योग वरपरको वातावरण प्रर्दुशन हुन नदिन आठ वटा जर्मन प्याक फिल्टर जडान गरिएको वताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्