चीनमा फेरि फैलियो कोरोना, नान्जिङको अवस्थाभन्दा झन् खराब हुन सक्ने विज्ञहरुको चेतावनी



                                                                                                                                                     तस्बिर : ग्लोबल टाइम्स

काठमाडौँ । चीनमा पुनः कोरोना भाइरसको सङ्क्रमण फैलिन थालेको छ । ‘डेल्टा भेरियन्ट’ का कारण संक्रमण फैलिएको विज्ञहरूले जनाएका छन् । भाइरस फेरि देखिन थालेसँगै संक्रमितको संख्या समेत बढ्न सक्ने अधिकारीहरूले बताएका छन् । चीनको सरकारी अखबार ग्लोबल टाइम्सले पछिल्लो एक सातामा चीनका ११ प्रान्तमा कोरोना फैलिएको जनाएको छ ।

चिनियाँ जनस्वास्थ्यविद्हरूले सन् २०२० को जुलाईमा नान्जिङको अवस्थाभन्दा झन् खराब हुन सक्ने चेतावनी दिएका छन् । तर सबै मापदण्ड र संयन्त्र परिचालन गरिएमा एक महिनाभित्र सङ्क्रमण नियन्त्रणमा आउने विज्ञहरूको भनाइ छ ।

रिपोर्टका अनुसार गत हप्ता चीनमा थप १३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । जसमा १०६ जना विभिन्न ठाउँ घुम्नेहरू थिए।  ग्लोबल टाइम्सका अनुसार सङ्क्रमण पुष्टि हुनेहरू विभिन्न १३ वटा समूहका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्