बानेश्वरको सडकमा खाल्डो !



काठमाडौं । नयाँबानेश्वरको व्यस्त सडक भत्किएर खाल्डो परेको छ । सिभिल अस्पताल नजिकको सडकमा सुरुमा सानो भ्वाङ परेको देखिएको थियो । त्यसलाई मर्मत गर्ने क्रममा डोजरको सहायताले खन्दा ठुलो खाल्डो परेको छ ।

सडकको बिच भागमा अचानक खाल्डो हुँदा यातायातसमेत केही बेर अवरुद्ध भएको थियो । नयाँबानेश्वर मीन भवन सडक खण्डको बिच भागमा परेको खाल्डो भर्न सडक विभागका कर्मचारी खटिएका थिए ।

पहिले सानो खाल्डो देखा परेको भए पनि वरपरको भागसमेत धसिएको हुनसक्ने आशङ्कामा सडक विभागले एक्साभेटरको प्रयोगबाट खााल्डोपरेको भाग वरिपरि खनेर हेरेको छ ।   सडक बिग्रिएपछि ट्राफिकको समेत समस्या भएको छ। उक्त सडक आठ लेन फराकिलो छ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्