प्रदेश २

युवा समाजसेवी रोशन खडकाको पहलमा वराहक्षेत्रवासीलाई राहत प्रदान

By Thaha - Online

October 25, 2021

सुनसरी । वराहक्षेत्र नगरपालिका ८ का युवा समाजसेवी रोशन खडकाको पहलमा नगरका विभिन्न स्थानहरूमा डुबान पीडितलाई राहत प्रदान गरिएको छ । वराहक्षेत्र सरोकार अन्तर्राष्ट्रिय सञ्जाल समिति नामक संस्थाका १२ जना पदाधिकारीको आर्थिक सहयोगमा नगरपालिकाको वडा नं ३, ६, ७ र ८ का विभिन्न स्थानहरूमा राहत वितरण गरिएको पहलकर्ता खड्काले जानकारी दिए । केही दिनयताको भारी वर्षाको चपेटामा परेका ७२ घर धुरीलाई राहत स्वरूप चामल, दाल, नुन, तेल लगायतको खाद्य सामाग्री प्रदान गरिएको हो ।

नितान्त समाजसेवाको अभिप्रायले खाद्यान्न उपलब्ध गराएको संस्थाका पदाधिकारीहरू हाल दक्षिण कोरिया, अस्ट्रेलिया हंङ्कङ, पोर्चुगल, फ्रान्स, जापानमा बस्दै आएका छन् ।

खाद्य सामाग्रीका लागि संस्थाका अध्यक्ष किरण राई, उपाध्यक्ष विक्रम शाही, सचिव डम्बर खड्का, कोषाध्यक्ष अम्बर परियार, सहसचिव दीपेश राई, विशिष्ट सल्लाहकार प्रभात राई, सल्लाहकारहरू सोनाम तामाङ, योगेन राई, निश्चल राई, सनम राई, कसम लिम्बू र सुकहांग लिम्बूले आर्थिक सहयोग गरेका छन् ।

संस्थाका अध्यक्ष राईका अनुसार जम्मा १ लाख ३० हजार बराबरको खाद्यान्न प्रदान गरिएको हो ।