झाडापखाला नियन्त्रण को लागि प्रहरीले जनचेतना जगाउँदै



महाराजगन्ज : कपिलवस्तु जिल्ला फैलिएको झाडापखाला हुनले महाराजगन्ज नगरपालिका फैलिन नदिन को लागि महाराजगन्ज नगरपालिका वडा नं ४ को वडा कार्यालय को परिसरमा महाराजगन्ज का प्रहरीले झाडापखाला नियन्त्रण सम्बन्धी जनचेतना जगाउँदै छ ।

झाडापखाला रोग बाट कसरी जोगिने , सरसफाइमा बढी ध्यान दिने , शुद्ध पानी पिउने , फाेहाेर मैला लाई उचित व्यवस्थापन गर्ने , खाना खानु भन्दा पहिलो साबुन पानी बाट हात धुने , सडेगलेका खाना नखाने ,पटक पटक बान्ता हुने र पखाला लाग्ने जस्तो लक्षण देखि खण्डमा अस्पतालमा जाने जस्ता विषयवस्तुमा छलफल भएको इलाका प्रहरी कार्यालय महाराजगन्ज प्रहरी नायव निरीक्षक राम प्रसाद बेल्बासेले जानकारी दिनुभयो ।

छलफलमा वडा ४ का स्थानीय महिला र पुरुष हरूको उपस्थिति मा झाडापखाला नियन्त्रण सम्बन्धी कार्यक्रम गरिएको हो । झाडापखाला फैलिएको खण्डमा कसरी नियन्त्रण गर्ने जस्तो विषयमा छलफल भएको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्