अनेक ‘डिल’ पछि पनि संकटको ‘डिल’ मा चोलेन्द्र



काठमाडौं । न्यायिक स्वतन्त्रता र गरिमा विपरीतका शृङ्खलाबद्ध कार्यका कारण प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सङ्कटको डिलमा पुगेका छन् । उनी सर्वोच्च अदालतकै न्यायाधीश, पूर्व प्रधानन्यायाधीश, पूर्व न्यायाधीश, नेपाल बार एसोसिएसन र नागरिक समाजबाट चौतर्फी दबाबमा परेका छन् ।

सर्वोच्चका १३ न्यायाधीशले सोमबार पूर्ण बैठक बहिस्कार गरेका छन् । उनीहरू प्रधानन्यायाधीशले तोकेको इजलासमा बसेनन् । सर्वोच्चको काम कारबाही नै ठप्प भयो । न्यायिक इतिहासमा यो नौलो घटना हो । अब सहकर्मीसँग एकसाथ इजलासमा बस्न जबरालाई कठिन छ ।

जबराको राजीनामा माग्नेको सङ्ख्या बढ्दो छ । त्यसमा चार प्रधानन्यायाधीश, पूर्व न्यायाधीशको फोरमपछि नेपाल बार पनि थपिएको छ । एकपछि अर्को विवादित कदमबाट उम्कन प्रधानन्यायाधीश जबराले यसबिच अनेक डिल गरे । तर उनको सङ्कट झन् गहिरिँदो छ ।

प्रधानन्यायाधीश जबराले सोज २६, २७ र २८ गते चार पूर्व प्रधानन्यायाधीशसका घरघरमा पुगेर आफ्नो सङ्कट पार लगाइदिन आग्रह गरे । जबराले दसैँ बिदाका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरे । जटिल मोडमा पुगेपछि जबरा आइतबार नेपाल बारका पदाधिकारीसँग छलफलमा बसे । त्यसपछि उनले न्यायिक परम्परा मिचेर सामबारेका लागि फूल कोर्ट बैठक बोलाए । जबरालाई अब राजनीतिक डिलले जोगाउन नसके राजीनामा नै अन्तिम निकास हो । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्