न्यायाधीशहरूसँग प्रधानन्यायाधीश राणाले भने–‘म कुनै हालतमा राजीनामा दिन्नँ



काठमाडौँ ।  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आफूले पदबाट राजीनामा नदिने बताएका छन्। प्रधानन्यायाधीशको च्याम्बरमा भएको छलफलमा न्यायाधीशहरुले प्रधानन्यायाधीश जबराको राजीनामा मागेका थिए । 

मंगलबार आफूलाई भेट्न पुगेका सर्वोच्चकै १५ जना न्यायाधीशहरूलाई उनले  आफूले कुनै पनि हालतमा राजीनामा नदिने जवाफ दिएका हुन्।

नेपाल बार एएोसिएसन तथा पूर्वप्रधानन्यायाधीश लगायतबाट राणाले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने धारणा सार्वजनिक भइरहेका छन्। प्रधानन्यायाधीश राणाले भने, ‘संविधानको प्रक्रियाबाट म आएको छु र त्यही संविधानको प्रक्रियाबाट मात्रै म जाने हो।’ 

उनले भने, ‘विवादमा अरू न्यायाधीशको पनि कुरा आएको छ। विवादमा आएका सबैले दिने हो भने म तयार छु। होइन भने म राजीनामा दिन्नँ। सडकबाट उठेका विषयमा राजीनामा गर्ने हो भने न्यायालय बच्दैन।’

उनले कसैको ‘दबाब र प्रभावमा’ पद त्याग नगर्ने बताए। जबराले भने, ‘न्यायपालिकालाई लथालिङ्ग पारेर म जान्नँ।’ उनले आफू विधि र प्रक्रियाबाट आएकाले विधि र प्रक्रियाबाट जान तयार रहेको बताए। 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्