किसानको पिडामा काँग्रेसको चासो,  क्षतिपूर्तिका लागि ज्ञापन पत्र



दाङ । गत असोज ३१ गते देखी परेको अविरल वर्षाले किसान अत्यधिक पीडित बनेको भन्दै उनीहरूलाई उचित क्षतिपूर्ति दिलाउन काँग्रेसले चासो देखाएको छ ।

अविरल वर्षाले देशैभर जनधनको नोक्सान गर्यो । देशमा कतिले ज्यान पनि गुमाउन पय्रो । कतिको बर्षदिन भरी खाने गरी भरखरै भित्राएको तथा खेतमै भएका अन्नपात बगाएर नोक्सान भएको छ भने कति घरपरिवार त विस्थापित पनि भए ।

तिनै पीडित किसानहरू लाई उचित क्षेतीपुर्ती दिलाउनका लागि नेपाली काँग्रेसले विभिन्न क्षेत्रका जनप्रतिनिधि हरूलाई ज्ञापन पत्र बुझाएको छ ।

दाङको लमही नगरपालिका वडा नम्बर ८ नेपाली काँग्रेस वडा समितिले सोही वडाका वडाध्यक्ष मेघ नारायण चौधरीलाई सोमबार ज्ञापन पत्र बुझाएको छ । अविरल वर्षातले किसानको अन्नबालीमा भएको क्षेतीलाई एक्लिन गरी क्षतिपूर्तिको लागि पहल गरिदिन ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र बुझाएको वडा सभापति यादव नाथ योगीले बताए ।

ज्ञापन पत्रमा किसानको पिडालाई सम्बोधन हुने गरी उचित क्षतिपूर्तिको लागि पहल गरिदिन आग्रह गरिएको उल्लेख छ । यो भन्दा अघि नेपाली काँग्रेस लमही नगर समितिले पनि लमही नगर प्रमुख कुलबहादुर केसीलाई ज्ञापन पत्र बुझाई सकेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्