आज पनि बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?



काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य २  सयले बढेको छ । मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँमाकायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि आइतबार ४ सय र सोमबार ३ सयले मूल्य बढेको थियो।

त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रुपैयाँ पुगेको छ। चाँदी भने हिजोकै मूल्यमा कारोबार भएको छ। प्रतितोला १ हजार २६५रुपैयाँमा चाँदीको कारोबार भइरहेको महासङ्घले जनाएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्