साहित्य/कला

विपत्तिमा नि एमसीसी ? सरकार !

By Thaha - Online

October 26, 2021

बेमौसमी वर्षातले रित्तिँदै बहुसङ्ख्यक किसानको भकारी  वैदेशिक ऋण र अनुदानको तलबमा रमाएका सरकारी कर्मचारी 

बहुसङ्ख्यक संसारका मनुष्यको मुख्य खाद्य बाली धान बहुमत जनताको हित अनुकूल भएन हाम्रो संविधान

किसानको आँसु र पीरमर्कामा साथ कता हो कता हाम्रो नेता आफ्नो कुर्सी र सत्ताका लागि घरी यता उता

मिहिनेत र परिश्रमले भित्र्याउन ठिक्क परेको धान स्वाहा हुनेछ एमसीसीको डलरले देश र संविधान नै स्वाहा

बेमौसमी वर्षातले देशभर बाढी पहिरो विपत्तिको वितण्डा  सरकार र प्रतिपक्षलाई एमसीसीको डलर नपाउने धन्दा