अब टिकटकमा ५ मिनेट लामो भिडियो हाल्न सकिने



काठमाडौं ।  टिकटकमा अब ५ मिनेट बढीको भिडियो राख्न मिल्ने भएको छ । यसअघि ३ मिनेटको भिडियो हाल्न मिल्ने टिकटकले अब ५ मिनेटको भिडियो हाल्न मिल्ने बनाएको हो ।

यस्तै उक्त ५ मिनेटको भिडियो साइज भने २ जिबी भन्दा कम हुनुपर्ने टिकटकले उल्लेख गरेको छ । पछिल्लो समय संसारभरका युवा युवतीहरुमा टिकटकको क्रेज बढेको छ । सुरुमा १५ सेकेण्डको भिडियो अपलोड गर्न मिल्ने गरी सुरु भएको यो एपमा हाल ५ मिनट बढी बनाइएको छ ।

टिकटकको पछिल्लो फिचर्सहरुले अन्य सोसल मिडियाहरूलाई पनि चुनौती दिइरहेको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्