Banner Second

चीनमा फेरि लकडाउन, अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आदेश

By Thaha - Online

October 26, 2021

बेइजिङ। कोरोनाभाइरस सङ्क्रमण फैलिएपछि चीनको गान्सु प्रान्तमा लकडाउन घोषणा गरिएको छ। ४० लाख मानिसहरूको बसोबास रहेको लान्जहोउ सहरमा मङ्गलवारदेखि लकडाउन घोषणा गरिएको हो।

लान्जहोउका बासिन्दालाई अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन भनिएको छ। कोभिड भित्रभित्रै आगो झैं फैलिएको भन्दै नियन्त्रण लागि सरकारले फेरि लकडाउन घोषणा गरिएको हो । सो सहरमा कोभिडका २९ जना नयाँ सङ्क्रमित भेटिएका छन्।

पछिल्लो समयमा चीनमा कोभिडको नयाँ स्वरूप डेल्टा भाइरस देखिएको छ। भाइरस फैलिएसँगै सरकाले यसै साता आयोजना हुने बेइजिङ म्याराथुन स्थगित गरेको छ।