पार्टी विभाजनले असर गरेको छैन : प्रदीप ज्ञवाली



तम्घास- नेकपा एमालेका सचिव एवम् पूर्व मन्त्री प्रदीपकुमार ज्ञवालीले पार्टीमा भएको विभाजनले नेकपा एमालेलाई कुनै असर नगरेको जिकिर गर्नुभएको छ । नेकपा एमाले रेसुङ्गा नगर कमिटीको प्रथम अधिवेशनलाई आज सम्बोधन गर्दै उहाँले अधिकांश कार्यकर्ता तथा जनप्रतिनिधि विभाजनको विरुद्धमा रहेको बताउनुभयो ।

पार्टीका केन्द्रीय कमिटीबाट २३ प्रतिशत र स्थानीय तहबाट सात प्रतिशत मात्रै समाजवादीमा गएको जिकिर गर्दै सचिव ज्ञवालीले गुल्मीमा कोही पनि जन निर्वाचित प्रतिनिधिले एमाले नछोड्नु खुसीको कुरा भएको र एमाले छोडेकाहरू पनि फर्कने क्रम सुरु भएको जिकिर गर्नुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्