नेप्से परिसूचक ७८ अंकले बढ्यो, ६ अर्बको कारोबार



काठमाडौं — मंगलबार नेप्से परिसूचक ७८ दशमलव ८२ अंकले बढेको छ ।  नेप्से परिसूचकसँगै कारोबार रकममा पनि सुधार देखिएको छ ।  ६ अर्ब ३१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

साताको तेस्रो दिन मंगलबार (आज) दिन २२७ कम्पनीको १ करोड १४ लाख ८६ हजारभन्दा बढी कित्ता सेयर खरिदबिक्री भएको छ ।जसअनुसार कारोबार रकम ६ अर्ब ३१ करोड ८३ लाख ४० हजार ९३२ रुपैयाँ पुगेको छ । 

आइतबारदेखि मंगलबारसम्म आइपुग्दा नेप्से परिसूचक करिब २ सय अंकले बढेको छ । अघिल्लो साता २ हजार ५ सय ५७ अंकमा रहेको परिसूचक तीन दिनमा १ सय ९३ दशमलव ९२ अंकले बढेर २ हजार ७ सय ५१ अंकमा पुगेको छ ।

बजार परिसूचक नेप्सेमा २.९५ प्रतिशतले बढोत्तरी हुँदा होटेल तथा पर्यटन उपसूचक सर्वाधिक ७.५१ प्रतिशत, वित्त कम्पनी उपसूचक ५.६१ प्रतिशत, हाइड्रोपावर उपसूचक ४.३३ प्रतिशत, लगानी उपसूचक ४.५ प्रतिशत र विकास बैंक उपसूचक ३.७७ प्रतिशतले बढेको छ ।

त्यस्तै, बजारलाई लिड गर्ने बैंकिङ उपसूचक पनि २.४४ प्रतिशतले बढेको छ । आज नेप्से १८७ कम्पानीको शेयर कारोबारमा आएकोमा १७९ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ भने ६ कम्पनीको मात्रै शेयर मूल्य घटेको छ । दुई कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्