दाङमा सडक दुर्घटनामा एकको मत्यु



सैघाली खबर,
घोराही १५ फागुन।

दाङमा दुर्घटनामा परि एकजनाको ज्यान गएको छ । जिल्लाको घोराही उपमहानगर पालिका १६ सर्रा चोकमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।

 

दुर्घटना चालकको मोटरसाइकल अनियन्त्रित भइ घोराही बाट तुलसीपुर तर्फ गइरहेको ना ६ ख ६२० नम्बरको ट्रकमा ठोकिएर सडकमा पल्टिएपछि पछाडिबाट आएको रा १ त ८३७ नम्बरको ट्याक्टरले किच्दा रा ३ प ८७ ७३ नम्बरको मोटरसाइकल सवार मुसिकोट नगरपालीका ४ चाँपाका ४५ बर्षीय हरीबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

मृतक नेपालीको सबलाई राप्ती उपक्षत्रिय अस्पतालमा राखिएको छ भने ठक्कर दिने ट्रक र ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्