नेकपा महाराजगंज नगर कमिटी  अध्यक्षमा पुन : निजामुद्दीन डफाली (फोटो सहित) 



महाराजगंज : कपिलवस्तु जिल्लाको  महाराजगन्ज नगर कमिटी नेपाल कम्युनिष्ट पार्टी ( एमाले ) को अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट पुन  निजामुद्दीन डफाली  नगर कमिटीको अध्यक्ष पदमा चयन हुनु भएको छ ।

नगर कमिटी उपाध्यक्ष देवेन्द्र चौधरी , सचिव सन्तोष त्रिपाठी , उपसचिव सूर्यमन पासी र श्रवण चौधरी सहित ३८ सदस्यीय रहने गरी नगर कमिटी गठन गरिएको नेपाल कम्युनिष् पार्टी (एमाले) महाराजगन्ज  नगर कमिटीले जनाएको छ ।

नगर अधिवेशनमा प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सल्लाहकार परिषद सदस्य इन्द्रमणि पौडेल , निर्वाचन मण्डलका अध्यक्ष टेकराज पौडेल , विशिष्ट अतिथि  लुम्बिनी प्रदेश कमिटी सदस्य डम्बर शर्मा लगायत जिल्ला तहका एमाले नेताको सहभागिता रहेको थियो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले ) महाराजगन्ज नगर कमिटीको कार्यालयमा प्रथम नगर अधिवेशन सम्पन्न भएको छ ।

नगर अध्यक्ष निजामुद्दीन  डफाली , उपाध्यक्ष देवेन्द्र चाैधरी , सन्ताेष त्रिपाठी र जिल्ला सचिवालय सदस्य महमुद अलि ले अधिवेशन बाट चयन हुनु भएको सम्पूर्ण पदाधिकारीहरू राम्रोसँग काम गर्नको लागि अनुरोध सहित शुभकामना मन्तव्य राख्नु भएको थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्