लहानका मेयर साहद्वारा सार्वजनिक सुनुवाइ कार्यक्रमको उद्घाटन 



सिरहा लहान – साना किसान कृषि सहकारी संस्था लि.लहान ११ पडरीयाले आयोजना गरेको सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न भएको छ । स्वस्थ  मासुको लागी बाख्रा पालन उप-आयोजना कार्यक्रम सम्पन्न भएको हो।

साना किसान कृषि सहकारी संस्था लि. लहान ११ पडरीया र सहयोगी संस्थामा नेपाल लाइभस्टक सेकटर इनोभेसन आयोजना बिकेन्द्रीकृत आयोजना सहयोग ईकाई हेटौँडाको सहकार्यमा उक्त कार्यक्रमको आयोजना गरेको हो।

मानव जीवनमा बाख्रा मासुलाई उपयुक्त ठानेकोले सयौँ स्थानीय उपभोक्ताहरूको छलफल र सल्लाह सुझावको आत्मसात गर्दै सार्वजनिक सुनवाइ कार्यक्रम गरेका थिए।

साना किसानको प्रतिनिधि मागैन कामैतको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने लहान नगरपालिकाको मेयर मुमी साहले कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियो। मेयर साहले मैनवती वालेर सुनुवाइ कार्यक्रमको उद्घाटन गरेका थिए। 

विशिष्ट अतिथिहरूमा नेकपा एमालेका वरिष्ठ नेता राजिन्द्र प्रसाद चौधरी, समाज सेवी राजेन्द्र साह, पशु विकास सखा लहान सिरहाका प्रमुख,जन निर्वाचित लहान नगरपालिका वडा अध्यक्ष प्रथम लाल चौधरी,लहान नगरपालिकाका प्रवक्ता राज कुमार साह,एमाले नेत्री रामरति राम, अतिथिहरूमा समाज सेवी चन्द्र नारायण चौधरी,दुर्गा नन्द चौधरी,गोरखा पत्रका लहान सम्बादाता जिबछ उदासी यादव,रेडियो सरगमका सञ्चालक प्रबन्धक फिरोज शेख,समृद्धि पथ दैनिकका सम्पादक फिरोज सिद्धीकी, नेपाल पोस्ट दैनिकका महेश सिंह,पत्रकार शम्भु यादव लगायतका सयौँ अतिथिहरूको सहभागिता रहेको थियो।

२०६१ सालमा उक्त संस्थाको स्थापना भएको हो।सार्वजनिक सुनुवाइ कार्यक्रमको अध्यक्ष मागैन कामैतका अनुसार नेपालमा २२८ गापामा उक्त संस्थाको कार्यक्रम सञ्चालनमा रहेका छन्।

भने नेपालमा जम्मा ४७ वाट जिल्लामा विभिन्न संस्थाहरूलाई कार्यक्रम सञ्चालन गर्न अभिप्रेरित गरेका छन्।हाल उक्त संस्थामा करिब ७ सय घर धुरी सदस्य रहेका हुन्। 

हाल संस्थाका चालु पुजी अन्तर गत करिब २० करोडमा संस्थाले राईज गरिरहेको आयोजकले जानकारी दिनु भयो।आउने दिनमा नेपालको प्रत्येक नागरिकको चाहना पुरा गर्न साना किसानको अपेक्षा रहेको आयोजकले जानकारी दिनु भयो।किसानहरूको जीवन स्तर उकास्न साना किसान सहकारी संस्थाले सहुलियत दरमा ऋण उपलब्ध गराउँदै आएका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्