पाकिस्तानको जितमा खुसीयाली मनाउने भारतीय शिक्षिकाको जागिर ‘चैट’



काठमाडौं । आइसिसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत भारतविरुद्ध पाकिस्तानको जितमा खुसीयाली मनाउने भारतीय शिक्षिका निष्कासित भएकी छन् ।  बलियो मानिएको भारतलाई १० विकेटले हराएसँगै पाकिस्तानमा खुसीयाली छाउनु स्वाभाविक थियो । भारत र पाकिस्तानका समर्थकहरूले खेललाई एउटा लडाइको रूपमा लिने गर्नाले पनि यी दुईबीचको खेलमा चासो हुने गरेको छ । खेलमा भारतले नसोचेको नतिजा आयो । पाकिस्तानसँग भारत १० विकेटले पराजित भयो ।

उक्त नतिजापछि राज स्थानको उदयपुरमा रहेको एक विद्यालयमा पढाउने शिक्षिका निष्कासित हुनुपरेको हो ।

पाकिस्तानको जितपछि ती शिक्षिकाले ह्वाटस्एपमा पाकिस्तानी खेलाडीको तस्बिर राख्दै ‘जित गए’, ‘वी वन’ लेखेकी लेखेकी थिइन् । उनको उक्त स्टाटस विद्यार्थीहरूका अभिभावकले देखेका थिए ।

त्यसपछि अभिभावकले शिक्षिकालाई तपाई पाकिस्तानको सर्पोटमा हो ? भनेर प्रश्न गर्दा ‘हो’ भन्ने शिक्षिकाले जवाफ दिएकी थिइन् । त्यसपछि अभिभावक र शिक्षिकाबिच लामो विवाद भएको थियो ।

उनीहरूको विवादपछि उक्त च्याट स्क्रीनसट स्थानीय समाचार माध्यमलाई उपलब्ध भएपछि उक्त च्याट भाइरल भएको थियो । त्यसपछि विद्यालयले शिक्षिकालाई कारबाही स्वरूप निष्कासन गरेको सूचना निकालेको बीबीसी हिन्दीले लेखेको छ ।
निष्कासित भएपछि उनले उनले रमाइलो र हँसीमजाक गरेर पाकिस्तानको सपोर्ट गरेको प्रतिक्रिया दिएकी छन् । उक्त विषयले यत्रो हङ्गामा हुने नसोचेको बताउँदै उनले आफू भारतीय भएको हिसाबले भारतकै सपोर्टर भएको बताएकी छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्