एमाले बडिगाडको प्रथम अधिवेशन को बन्दसत्र सुरु, दर्जन बढी आकाङ्क्षी, सर्वसम्मत नेतृत्व चयन गर्ने दाबी



डिगाड÷बागलुङ । नेकपा एमाले बडिगाड गाउँपालिका कमिटीको प्रथम अधिवेशन ग्वालीचौरमा सुरु भएको छ । अधिवेशनको उद्घाटन गर्दै प्रदेश कमिटी सदस्य सुनिल शेरचनले वर्तमान सरकार परमादेश मार्फत प्रतिगामीहरूको भएको भन्दै मोतीपुरमा सुकुम्वासीको हत्या गरेर काम सुरु गरेको आरोप लगाउनु भएको छ ।

देशको समृद्धिको लागि नेकपा एमालेको आवश्यकता रहेको भन्दै देश भरबाट एकताबद्ध हुँदै एमालेमा गोलबन्द हुन र निर्वाचनको तयारीमा लाग्न कार्यकर्ताहरूलाई आह्वान गर्नुभएको छ। सो कार्यक्रममा प्रदेश कमिटी सदस्य प्रेम खरेल, जिल्ला कमिटी सचिव विष्णु प्रसाद भुसाल, जिल्ला कमिटी सचिवालय सदस्य मेहरसिंह पाइजा, जिल्ला कमिटी सदस्य विना थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम नेकपा एमाले बडिगाड गाउँपालिका कमिटीका संयोजक गुणनिधि घिमिरेको अध्यक्षता, उपसंयोजक वसन्त थापाको स्वागत मन्तव्य तथा सचिव दिनेश शर्माको सञ्चालनमा सम्पन्न भएको थियो। खुल्ला रूपमा गरिएको उद्घाटन सत्रमा एमाले वाट २०४९, २०५४ सालमा निर्वाचित जनप्रतिनिधि, पार्टीका संस्थापक सदस्यहरू लगायतलाई सम्मान गरेको थियो। अधिवेशनको उद्घाटन पूर्व वडा÷वडा बाट आएको कार्यकर्ताहरूको टोलीले खौलार, खार लगायतको बजार क्षेत्रबाट र्‍याली प्रदर्शन समेत गरेका थिए ।

नेकपा एमालेको वडिगाड गाउँपालिका स्तरीय कमिटी गठनको लागि बन्द सत्र सुरु भएको छ। दर्जन बढी नेतृत्वका आकाङ्क्षी भए पनि सर्वसम्मत राति सम्म नेतृत्व चयन गर्ने गरी तयारी भइरहेको एमाले बडिगाडले जनाएको छ। अधिवेशनबाट अध्यक्ष १, उपाध्यक्ष १, सचिव १, उपसचिव २ र ६६ जना सदस्य गरी कुल ७१ सदस्यीय गाउँकमिटि गठन हुनेछ। संविधानको मर्मअनुरूप ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुने एमाले बडिगाडले जनाएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्