आर्थिक

आज सुनचाँदीको मूल्य ह्वातै घट्यो : तोलाको कति पुग्यो ?

By Thaha - Online

October 27, 2021

काठमाडौं । बुधवार सुनचाँदी दुवैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार गत मङ्गलवारको तुलनामा आज सुन तोलामा अधिकतम ६०० रुपैयाँले र चाँदी १५ रुपैयाँले घट्न पुगेको हो । 

घटेको मूल्य अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भई रहको छ भने चाँदी एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

गत मंगलबार बजारमा सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँ र चाँदी एक हजार २६५ रुपैयाँमा कारोबार भएको थियो। यस्तै, यता तेजाबी सुन समेत गत मङ्गलवारको तुलनामा ६०० रुपैयाँले नै सस्तिँदै बुधवार ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।