अन्तर्राष्ट्रिय

१९ महिनापछि अष्ट्रेलियामा विदेश यात्राको प्रतिबन्ध हटाइने

By Thaha - Online

October 27, 2021

एजेन्सी। अष्ट्रेलिया सरकारले कोरोना महामारीका कारण अनुमति विना समुद्रपार यात्राका लागि लगाइएको प्रतिबन्ध आगामी सातादेखि हटाउने निर्णय गरेको छ।

अष्ट्रेलियाले १९ महिनापछि आफ्ना नागरिकहरूलाई समुद्रपार यात्राको प्रतिबन्ध हटाउने निर्णय गरेको हो।

आगामी नोभेम्बर १ देखि कोरोनाको पूर्ण खोप लगाएका कुनै पनि अष्ट्रेलियन नागरिकले विदेश यात्राका लागि अनुमति लिनु पर्ने छैन।तर अष्ट्रेलियामा बस्ने विदेशी नागरिकहरूको हकमा भने अहिले नै उक्त प्रतिबन्ध हट्ने छैन।

तर सन् २०२१ को अन्तसम्ममा विदेशी दक्ष कामदारलाई पनि स्वागत गर्ने तयारीमा आफूहरू रहेको अष्ट्रेलियाका गृहमन्त्री करेन एन्ड्रूजले बताएका छन्। खोप नलगाएकाहरूको हकमा भने कोभिड नियन्त्रण सम्बन्धी सबै सर्तहरू लागू हुने जनाइएको छ।