टप फिचर

सङ्गीत प्रेमी दिनेश_काफ्लेको लय सिर्जनामा ओलेसको गाउँ सालैजो भाकाको गीत सार्वजनिक 

By Thaha - Online

October 27, 2021

पर्वत पछिल्लो समय दर्शक_श्रोताहरूको मन_मुटुमा बसेका पर्वत जिल्लाको बिहादी गाउँपालिकामा जन्मी_हुर्किएका लोक गीत सङ्गीतमा सानै देखि रुचि राखेका गायक हुन दिनेश काफ्ले ।

काफ्लेले केही समय अगाडि आफ्नै आवाजमा धेरै गीत साथै म्युजिक_भिडियोहरू सार्वजनिक गरिसकेका छन् । उनको आवाजमा रहेका गीत सङ्गीत दर्शक_श्रोताहरूले अति नै रुचाएका पनि छन् ।

यो पटक दिनेश काफ्लेले “ओलेसको गाउँ “म्युजिक भिडियोमा आफैले लय दिएका छन् । उक्त गीतमा विशाल दर्नाल र धनी गाहाको स्वर रहेको छ,नेत्र सारुको शब्द रहेको छ भने सम्पादन रोशन धितालले गरेका छन्, कमल गाहाले निर्देशन गरेका छन् , त्यस्तै उक्त गीतमा कमल गाहा र मन्दिरा रानाको अभिनय रहेको छ ।