नवलको ‘काँडेतार’ मा रेविका र सुरविना अनुबन्धित



काठमाडौँ । नवल खड्काको निर्देशन रहने चलचित्र ‘काँडेतार’मा नायिका रेविका गुरुङ अनुबन्धित भएकी छन् ।

यो चलचित्रमा नवलले नायिका रेविका गुरुङलाई पनि अनुबन्धित गरेका छन् । सुरविना र रेविका दुवै चलचित्र क्षेत्रमा भविष्य खोजिरहेका छन् । उसो त, नवलले यो चलचित्र बनाउने भनेको लामै समय भैसकेको छ । तर, नवलको योजना फेसबुकमा मात्र सीमित छ । तर, उनी केही दिनयता भने कलाकारलाई संझौता गर्नमा व्यस्त छन् ।

चलचित्रका लागि यसअघि नै कलाकार गौरव पहारी, रवीन्द्र रञ्जन झा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश अनुराग, प्रेम कार्की लगायत अनुबन्धित भइसकेका छन् । योसँगै यस चलचित्रको मुख्य भूमिकामा दुई अभिनेत्री फाइनल भएका छन्  ।

निर्देशक खड्काको समेत अभिनय रहने चलचित्र खड्काले शङ्कर कार्कीसँग मिलेर बनाउन लागेका हुन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्