Banner Second

केपी ओली र प्रभु साहबीच भेटवार्ता , के भयो छलफल ?

By Thaha - Online

October 27, 2021

काठमाडौँ  । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेता प्रभु साहबिच भेटवार्ता भएको छ । एमाले छाडेर नेकपा ब्युँताउने तयारीमा रहेका साहलाई बुधवार बिहान अध्यक्ष ओलीले छलफलका लागि आफ्नो निवास बालकोट बोलाएका थिए । 

ओलीले आफ्ना ८ बुँदे मागहरू पूरा नगरेकाले एमालेमा रहन नसकिने साहको भनाइ थियो । उनले एमाले बैठक समेत बहिष्कार गर्दै आएका थिए । 

तर आजको छलफलमा ८ बुँदे माग कार्यान्वयन गर्ने विषयमा ओलीसँग सहमति नजिक पुगेको र फेरि छलफलमा बस्ने सहमति भएको बताइएको छ ।