डिसेम्बरमा बिहे गर्दैछन् विक्की र कट्रिना ?



एजेन्सी । बलिउड अभिनेता विक्की कौशल र अभिनेत्री कट्रिना कैफबीचको सम्बन्धबारे अहिले निकै चर्चा चलेको छ। उनीहरू प्रेममा रहेको हल्ला फैलिरहेको छ र प्रशंसकहरू पनि उनीहरूको सम्बन्धलाई लिएर उत्साहित देखिएका छन्।

यी दुई कलाकार सार्वजनिक रूपमा एकसाथ पनि देखिएका छन् । तर, दुवैले प्रेमको विषयलाई स्वीकार भने गरेका छैनन् ।

यसैबिच, केही दिनदेखि भारतीय मिडियामा कट्रिना र विक्कीको बिहेको खबरले स्थान पाउन थालेको छ । कट्रिना र विक्कीले डिसेम्बर महिनामा बिहे गर्न लागेको भारतीय मिडियाले उल्लेख गरेका छन् । मिडिया रिपोर्टका अनुसार, विक्की र कट्रिनाको बिहेको लागि पहिरन चर्चित फेसन डिजाइनर सब्यसाचीले डिजाइन गरिरहेका छन् । कट्रिनाले बिहेमा लगाउनका लागि लेहेंगा रोजेकी छिन् ।

तर, केही दिनअघि दुवैले १८ अगस्टमा इन्गेजमेन्ट गरेको हल्ला चलेको थियो । अब दुवै आफ्नो सम्बन्धलाई अर्को तहमा लैजान तयार रहेको र छिट्टै विवाह बन्धनमा बाँधिने स्रोतले जानकारी दिएको छ । यद्यपि, दुवैले आफ्नो सम्बन्धको बारेमा मिडियासँग कुरा गरेका छैनन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्