घ्यु कुमारी यसरी प्रयोग गर्न जान्ने हो भने दर्जनौं रोगबाट मुक्त, सुन्दरतामा चमत्कार



काठमाडौं । घ्युकुमारी एक जडीबुटी हो । यो प्राय जसो सबैको घरमा सजिलै पाइन्छ । सहर बजारतिर घरको छतमा, आँगनमा गमलामा रोप्ने गरिन्छ भने कुनै ठाउँमा यसको खेती नै गरिन्छ ।  छालाको सुरक्षादेखि कपालको सौन्दर्यता र घाउ भर्ने समेतको कार्य यसबाट हुने गर्दछ । घ्युकुमारीलाई आयुर्वेदिक औषधीका रूपमा लिइन्छ । यो स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ ।

घ्युकुमारी विभिन्न रोगहरूका लागि औषधीको रूपमा काम गर्छ । घ्युकुमारी सेवन गर्नु मानव स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ । यो हरेक मौसममा सजिलै पाइन्छ । घ्युकुमारी सेवन गर्नुका लाभबारे आउँनुहोस चर्चा गरौँ ।

१, घ्युकुमारी दैनिक रूपमा सेवन गर्दा यसले समग्र शरीर र आन्द्रामा जम्मा भएका विषाक्त पदार्थलाई हटाउँछ । घ्युकुमारीको जुस खानाले रक्तसञ्चार सुचारु हुन्छ र कोलेस्टेरोलको समस्या बढ्न पाउँदैन । शरीरका कोष तथा कोशिका बिग्रिएका छन् भने घ्युकुमारीको जुस खानाले पूर्ववत अवस्थामा आउँछन् ।

२, घ्युकुमारी पानीमा मिसाएर खाँदा कब्जियत र दिसा नलाग्ने समस्याबाट मुक्ति पाइन्छ । अपच हुने र ग्याँस फर्मेसनका कारण पेट र छाती दुख्ने गरेको छ भने घ्युकुमारी खाँदा ठिक हुन्छ । घ्युकुमारीको जुसले शरीरमा चिनीको मात्रा सन्तुलित गर्ने भएकाले मधुमेहका रोगीका लागि पनि यो लाभदायक हुन्छ ।

३, घ्युकुमारीको सेवनले मधुमेह, गर्भाशयको रोग, पेटको खराबी, त्वचाको समस्याका साथै आँखाको घेराको कालो भाग हटाउन तथा शरीरमा रगतको कमी हुनबाट बचाउँछ । यसको दैनिक सेवनले अनुहारको सौन्दर्य बढाउनुका साथै कपाललाई बलियो पनि बनाउँछ ।

४, शरीरको कुनै भागमा आगोले पोलेमा, काटेमा यसको रस निकालेर लगाउनाले घाउ निको हुनुका साथै आराम मिल्छ । आजभोलि घ्युकुमारीलाई कस्मेटिक प्रोडक्टका रूपमा बजारमा यसको जेल, बडीलोशन, हेयरजेल, स्किनजेल, साबन, फेशियल फोम, ब्यूटीक्रिमका रूपमा पनि उपयोगमा ल्याइएको पाउन सकिन्छ ।

५, यसले गिजाको रोग समाधान गर्न समेत घ्युकुमारी लाभदायक हुने भएकाले घ्युकुमारी मिसाइएको टुथपेस्ट प्रयोग गर्नु राम्रो हुन्छ । पोलेको ठाउँमा घ्युकुमारी दल्नुभयो भने सञ्चो हुन्छ । साथै, पोलेको दाग पनि गाढा गरी बस्न पाउँदैन । अनुहारलगायत शरीरको कुनै पनि भागमा गाढा दाग छ भने दिनहुँ घ्युकुमारी लगाउने गर्नाले दाग हराउँदै जान्छ । आँखा वरिपरिको डार्क सर्कल पनि घ्युकुमारी नियमित लगाउनाले हराउँछ ।

६, यसले उच्च रक्तचापका बिरामीका लागि पनि घ्युकुमारीको जुस लाभदायक हुन्छ । घ्युकुमारी खानाले क्यान्सरका ट्युमरको विकास र वृद्धिमा विराम लाग्छ । घ्युकुमारीमा शरीरको रोग प्रतिरोधी क्षमता बढाउने तत्त्व हुन्छ । घ्युकुमारी खाँदा शरीरमा भिटामिन र खनिजको मात्रा बढ्न पुग्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्