मुख्यमन्त्री शाक्यको राजीनामा स्वीकृत , राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्दै



हेटौँडा। बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष लिखित राजीनामा दिएकी छन्। उनको राजीनामा प्रदेश प्रमुखले स्वीकृत गरिसकेको प्रदेश प्रमुख शर्माका प्रेस संयोजक शिव चौलागाईंले जानकारी दिए। मुख्यमन्त्री शाक्यले आज दिउसो राजीनामा दिएकी थिइन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री शाक्यको राजीनामा स्वीकृत गरेकी हुन् ।

मुख्यमन्त्री शाक्य आज विश्वासको मत लिने तयारीमा थिइन्। उनले आफूले पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गरिदिएको बताइन्। बागमती प्रदेशमा अब एकीकृत समाजवादीको राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने प्रक्रियाअघि बढाइने भएको छ।

सरकार बनाउनका लागि आवश्यक मत सहित तयार रहेको गठबन्धनले एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने भएको छ । केन्द्रीय गठबन्धनको सहमतिबमोजिम प्रदेशमा काँग्रेस र एकीकृत समाजवादीले आलोपालो सरकारको नेतृत्व गर्नेसमेत यसअघि नै सहमति भइसकेको छ ।

समाजवादीका नेता पाण्डेपछि काँग्रेसका नेता इन्द्रबहादुर बानिया मुख्यमन्त्री बन्ने सहमति यी दुई दलबिच भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्