एन्फासँग थप तीन वर्षको सम्झौता गर्न प्रशिक्षक अल्मुताइरी सहमत



काठमाडौं  । नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी थप तीन वर्षे सम्झौता गर्न सहमत भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एशोसिएसनसँग भएको छलफलपछि अल्मुताइरी तीन वर्षे सम्झौताका लागि तयार भएका हुन् ।

प्रशिक्षक अलमुताइरीले एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार फुटबल एशोसिएसनसँगको छलफलपछि आफूले थप तीन वर्षका लागि नयाँ सम्झौता गरेको भन्दै सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएका हुन् । ‘डियर फ्यान नयाँ सम्झौता गर्ने निर्णय गरेको छु । एन्फा र कतार फुटबल सङ्घलाई धन्यवाद दिन चाहन्छु’ उनले लेखेका छन् ।

अलमुताइरीले दुई वर्षको योजना र लक्ष्य सार्वजनिक गर्ने बताएका छन् । ‘हामी चाँडै आगामी दुई वर्षको लक्ष्य र योजना सार्वजनिक गर्नेछौँ’ साफ च्याम्पियनसिप इतिहासमा पहिलो पटक नेपाललाई फाइनल पुर्‍याएका अब्दुल्लाहले भनेका छन् ।

उनले नेपाली फुटबल फ्यानहरूलाई आफूप्रति देखाएको सद्भाव र मायाको लागि धन्यवाद दिँदै आगामी दिनमा पनि सधैं मुटुमा राख्न आग्रह गरेका छन् । उनले नेपाली फुटबल प्रेमी, दर्शक सबैलाई धन्यवादसमेत दिएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्