सिंहदरबारभित्र अकस्मात् गोली चलेपछि…



काठमाडौं । सिंहदरबारभित्र अकस्मात् गोली चलेको छ । सिंहदरबारभित्र अकस्मात् गाेली चल्दा कसैलाई लागेको भने छैन ।

बुधबार दिउँसो राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालकी पीएसओ अनुपमा भारतीले बोकेको पेस्तोलबाट गोली चलेको हो । उनीसँग सोधपुछ भइरहेको र मिस ह्याण्डलिङ भएर गोली चलेको हुनसक्ने प्रहरी स्रोतले बताएको छ ।

स्राेतले भन्याे, ‘प्राविधिक त्रुटिले गर्दा पेस्तोलबाट फायर भएको देखिएको छ। थप अनुसन्धान भइरहेको छ। अरु कुरा अनुसन्धानपछि खुल्नेछ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्