काँग्रेसले सार्‍यो महाधिवेशन, यस्ताे छ नयाँ कार्यतालिका



काठमाडौँ। नेपाली काँग्रेसले १४ औँ महाधिवेशनको कार्यपालिका फेरि सारेको छ । बुधवार बसेको काँग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले आगामी मङ्सिर २७ देखि ३० गते गर्ने गरी महाधिवेशनको मिति सारेको हो ।

काँग्रेस निर्वाचन समितिका सदस्य एगराज पोखरलका अनुसार वडा अधिवेशन हुन नसकेका १३ जिल्लामा कात्तिक २७ गते वडा अधिवेशन हुने छ । उनका अनुसार ३० गते पालिका अधिवेशन र मङ्सिर ३ गते अधिवेशन हुन बाँकी सबै जिल्लामा प्रदेश अधिवेशन हुने छ ।

मङ्सिर ६ गते सङ्घीय निर्वाचन क्षेत्र अधिवेशन र मङ्सिर १० गते जिल्ला अधिवेशनको मिति तोकिएको पोखरेलले जानकारी दिए । मङ्सिर १६ र १७ गते सात वटै प्रदेशको अधिवेशन हुने छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्