अम्बेकेश्वरीमा प्रहरी चौकी



सैघाली खबर
दाङ, १६ फागुन । सुरक्षा सम्बेदनशिलतालाई मध्यनजर गर्दै अम्बेकेश्वरीमा मन्दिरमा प्रहरी चौकी स्थापना गरिएको छ । जिल्ला शुरक्षा समितिको समिति र प्रहरी प्रधान कार्यालयको सहमतिमा प्रहरी चौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घोराही उपमहानगरपालिका १८ स्थित अम्बेकेश्वरी मन्दिर र अम्बापुर एरिया हेर्ने गरि सुरक्षार्थ अस्थायी प्रहरी चौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख दुर्गा सिंहले वताउँनुभयो । प्रहरी चौकीको स्थापना संगै त्यस क्षेत्रका सर्ब साधारणको सुरक्षाका लागि भुमिका खेल्ने सिंहले वताउँनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्