‘एक्स ९’ मा सुनिल सेट्ठीलाई पारिश्रमिक कति ?



काठमाडौं । बलिउड अभिनेता सुनिल सेट्टीले नेपाली चलचित्रमा अभिनय गर्ने भएका छन् । नेपाली चलचित्र निर्माण लागतका हिसाबले भने एक्स–९ मा मोटो रकम खर्च हुँदैछ । १२ करोडमा बन्न लागेको ‘एक्स ९’ सुनिल सेट्टीसँगै देव सिंहकाे पनि अभिनय रहने फिल्मका निर्देशक मुकुन्द भट्टले जानकारी दिएका छन्।

त्यसका लागि सेट्टी काठमाडौं आउने निश्चित भएको निर्माण पक्षले दाबी गरेको छ । ‘एक्स–९’ चलचित्रमा अभिनयका लागि सेट्टी नेपाल आउने निश्चित भएको भट्टले बताएका छन् ।

एक्सन थ्रिलर उक्त चलचित्रमा सेट्टीले १२ दिन अभिनयका लागि समय दिएको जनाइएको छ । निर्देशक भट्टका अनुसार ६ दिन नेपालमा र बाँकी ६ दिन स्कटल्यान्डमा उनले सुटिङ गर्नेछन् । छायाङ्कन तथा आउने–जाने समय र केही दिनको नेपाल घुमघाम गरेर एक्स–९ ले सेट्टीको २० दिन समय लिनेछ ।

विरेन्दबहादुर कुँवरको निर्माणमा बन्न लागेको यो फिल्म नेपाली, हिन्दी र अंग्रेजी भाषामा रिलिज हुनेछ। फिल्ममा नेपाली कलाकार अनमोल केसी, पुष्प खड्का, प्रियंका थापा, सौगात मल्ल, नविन लम्साल लगायतको अभिनय रहनेछ। उनीहरूलाई फिल्मको लागि विगत डेढ महिना देखी तालिम दिइरहेको भट्टले जानकारी दिए। 

एक्स–९ आउँदो फेब्रुअरीबाट छायाङ्कन हुनेछ । चलचित्रमा सेट्टीको छायाङ्कनको सिन सुदूरपश्चिम प्रदेशको विभिन्न क्षेत्रमा हुनेछ ।

बडिमालिका, खप्तड, बैतडीको पाटन र कैलालीका विभिन्न क्षेत्रमा सेट्टीको छायाङ्कन हुनेछ । सुनीललाई नेपालका पर्यटकीय क्षेत्र भ्रमण पनि गराउने निर्माण पक्षको योजना छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्