बार्सिलोनाका प्रशिक्षक कोम्यान बर्खास्त



एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले खराब प्रदर्शनपछि मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानलाई बर्खास्ती गरेको छ ।

बुधबार राति रायो भालेकोनोसँग १-० गोल अन्तरले पराजित भएपछि बार्सिलोनाले मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानलाई बर्खास्ती गरेको हो ।

बार्सिलोनाले जारी सिजन १० खेलबाट मात्र १५ अंक जोडेर तालिकाको ९ औं स्थानमा छ भने च्याम्पियन्स लिगमा पनि दुई वटा खेलमा पराजय ब्यहोरिसकेको छ।

भालेकानोसँग हारपछि बार्सिलोनाले स्टेटमेन्ट जारी गर्दै क्लब अध्यक्ष जोन लापोर्टाले बर्खास्तीको निर्णय कोएम्यानलाई जानकारी भइसकेको बताएका छन्। यस्तै कोम्यानले बिहीबार टोलीलाई ‘गुडबाइ’ भन्ने बताइएको छ।

गएराति सम्पन्न खेलमा बार्सिलोना भालेकानोसँग १-० ले पराजित भएको थियो भने त्यसअघिको खेलमा रियल मड्रिडसँग २-१ गोलअन्तरले पराजित भएको थियो।

बार्सिलोनाको प्रशिक्षकमा नियुक्त भएको १४ महिनापछि कोम्यान क्याम्प नोउबाट बाहिरिएका हुन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्