Banner First

सहरी विकास मन्त्री झाँक्री मौसमी ज्वरोका कारण अस्वस्थ, अस्पताल भर्ना

By Thaha - Online

October 28, 2021

काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्री अस्पताल भर्ना भएकी छिन् । मौसमी ज्वरोका कारण मन्त्री झाँक्री अस्वस्थ भएको र अहिले अस्पताल भर्ना भएको उनको सचिवालयले जनाएको छ ।

पारिवारिक स्रोत अनुसार मन्त्री भएपछि झाँक्री देश दौडाहामा निस्किएका थिइन् । दौडधुप धेरै भएको कारण उनलाई केही दिन आरामको जरुरी रहेको जनाइएको छ ।