४०० रुपैयाँले बढ्यो सुनको मूल्य, आजको भाउ कति ?



काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको छ । यस्तै, आज तेजाबी सुनको मूल्य समेत तोलामा ४०० रुपैयाँले नै वृद्धि छ । महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९२ हजार ४०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९१ हजार ९०० तोकेको हो ।

गत बुधबार सुन तोलामा अधिकतम ६०० रुपैयाँले सस्तिँदै ९२ हजार रुपैयाँमा झरेको थियो । तर, यता चाँदीको मूल्य भने गत बुधबार कै मूल्य कायम हुँदै आज प्रतितोला एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्