आज बस्ने प्रतिनिधिसभा बैठकमा पनि एमालेले अवरोध कायमै राख्ने



काठमाडौँ  ।  प्रतिनिधिसभाको बैठक बिहीबार दिउँसो बस्दै छ। बैठक दिउँसो २ बजेका लागि बोलाइएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । विगत केही समयदेखि निरन्तर बैठक अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी दल एमाले आज पनि अवरोध जारी राख्ने भएको हो । 
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

यसअघि एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ सांसदलाई पार्टीले कारबाहीको पत्र सभामुख अग्नि सापकोटालाई दिए पनि सभामुखले कारबाहीको प्रक्रिया अघि नढाएपछि एमालेले निरन्तर संसद् अवरुद्ध गर्दै आएको थियो । सभामुख सापकोटाले संसद्को अवरोध हटाउन भनी गरेको आग्रह समेत एमालेले अस्वीकार गर्दै आएको छ ।

प्रतिनिधिसभाको हालको अधिवेशन सुरु भएदेखि नै नेकपा एमालेले बैठकमा अवरोध गर्दै आएको छ। एमालेले बिहीबारको बैठकमा पनि अवरोधको तयारी गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्