आर्यन खानसँग सेल्फी खिच्ने प्रहरी किरण गोसावी प’क्राउ



एजेन्सी । बलिउड स्टार शाहरुख खानका छोरा आर्यन खानसँग सेल्फी खिच्ने किरण गोसावी प’क्राउ परेका छन् । नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनविसी) का स्वतन्त्र साक्षी किरण गोसावीलाई पुणे शहर प्रहरीले प’क्राउ गरेको हाे।किरण गोसावीको आर्यन खानसँग सेल्फी लिदै गरेको तस्विर भाइरल भएको छ । उक्त तस्वीर भाइरल भएपछि आर्यन खान केसमा किरणको भूमिकालाई लिएर पनि प्रश्न उठ्न थालेको थियो ।

आर्यनको केसमा पनि एनसीबीको छापामा किरण गोसावीको संलग्नतालाई लिएर प्रश्न उठिरहेको थियो । उनलाई ठगीको मुद्धामा पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

पुणे प्रहरीले गोसावीलाई पक्राउ गरेको पुष्टि गरेको छ । गोसावी विरुद्ध ठगीका धेरै उजुरी परेका छन् र ती मध्ये एउटामा प्रहरीले उनको खोजी गरिरहेको छ । पुणे प्रहरीका अनुसार गोसावीलाई राति नै पक्राउ गरिएको हो । किरण गोसावीविरुद्ध पुणेको फरासखाना प्रहरी चौकीमा ठगीको मुद्दा दर्ता भएको छ ।

यो २०१८ को मामला हो। उनीविरुद्ध वारेन्ट जारी गरिएको थियो । उनी केही दिनदेखि फरार थिए । गोसावीलाई पक्राउ गर्न पुणे प्रहरीको दुई टोली पनि यूपी गएका थिए।

प्रहरीका अनुसार २०१८ मा किरण गोसावी र शेरबानो कुरैशीले पुणेका चिन्मय देशमुख नामका युवालाई मलेसियामा जागिर दिलाउने प्रलोभनमा पारेका थिए ।

यही बहानामा उनले युवकसँग ३ लाख रुपैयाँ ठगी गरेका थिए । यस मामिलामा पुणे पुलिसले शेरबानो कुरैशीलाई मुम्बईबाट पक्राउ गरिसकेको छ र अब गोसावीलाई पनि पक्राउ गरिएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्