भीमबहादुर विकको न्यायकोलागि सडकमा उत्रिए डा. बाबुराम भट्टराई




काठमाडौं । चितवनका भीमबहादुर विश्वकर्माको ह’त्यारालाई कारबाही गर्नुपर्ने भन्दै न्यायको लागि काठमाडौँको माइतीघरमा माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ । जनता समाजवादी पार्टी नेपाल (जसपा) नेपाल शिल्पी विशेष प्रदेश राष्ट्रिय समिति र जनता समाजवादी दलित मुक्ति सङ्गठनले बिहीबार विरोध र्‍याली निकालेका हुन् ।

प्रदर्शनमा सहभागीहरूले जातीय हिंसा अन्त्य गर, ह’त्यारालाई कारबाही गर लगायत लेखिएका प्लेकार्ड बोकेका थिए । प्रदर्शनमा जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलगायत अन्य नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

विश्वकर्माका ह’त्यारालाई कारबाही, पीडित परिवारलाई न्याय र देशमा भएका सबै प्रकारको जातीय विभेदविरुद्ध खबरदारी गर्दै डा. भट्टराईसहित सडकमा निस्किएर विरोध प्रदर्शन गरेका हुन् ।

दसैँको महानवमीको दिन स्थानीयको कुटाइबाट भीमबहादुरको मृत्यु भएको थियो ।  जातीय छुवाछुतकै कारण विकले ज्यान गुमाएपछि दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन गरिएको हो ।

उनको हत्यामा संलग्नको आरोपमा प्रहरीले स्थानीय ४० वर्षीय सीताराम बस्नेत र ३६ वर्षीय दिलीप श्रेष्ठलाई प’क्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्