राजेश हमालले गाए ‘मन बुढो भएन’



काठमाडौँ । महानायक राजेश हमालले आफूलाई गायकको रूपमा समेत अघि बढाएका छन् । हमालले करिब दुई महिनाअघि दीपक शर्माको शब्द र सङ्गीतमा ‘मन बुढो भएन’ बोलको गीत गाएका हुन् । 

गायनमा हमाललाई एलिना चौहान, सुवास पुरी र बेनीशा पौडेलले साथ दिएका छन् । नरेन्द्र वियोगीले एरेन्ज गरेको गीत अनामनगस्थित वेभ स्टुडियोमा रेकर्ड गरिएको हो ।

गीतकार तथा संगीतकार शर्माले अभिनेता हमालले आफूलाई अनुकुल हुने, आफ्नो उमेर सुहाउँदो एउटा गीत गाउने इच्छा व्यक्त गरेकाले आफूले तयार पारेको बताए । ‘मैले एउटा गीत लेखेको थिएँ । म्युजिक भिडियो निर्देशक देवेन्द्र पाण्डेमार्फत उहाँलाई भेटेर गीत सुनाएँ । उहाँले मन पराउनुभयो,’ उनले भने ।

दीपकले हमालसँग दुई पटकको बसाइँमा अभ्यास गरेपछि गीत तयार गर्न सम्भव भएको खुलाए । ‘दुई पटककै अभ्यासमा उहाँले प्रोफेसन गायकले झैँ सुरताल समात्नु भयो । त्यसपछि गीत रेकर्ड ग¥यौँ,’ उनले भने ।

हमालको स्वरको यो गीत तिहार अगाडि नै भिडियोसहित दर्शकमाझ ल्याउने तयारी गरिएको छ । भिडियोको निर्देशक देवेन्द्र पाण्डेले गर्नेछन् ।  हमालले यसअघि शिव रेग्मीको ‘हामी तीन भाइ’ फिल्मको ‘बाजा बजाउँदै’ बोलको गीतमा केही संवाद बोलेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्