कार्तिक २९ गते सम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित



काठमाडौं  ।   प्रतिनिधिसभाको बैठक १८ दिनका लागि स्थगित भएको छ । कात्तिक २९ गते सोमबार दिउँसो १ बजे बस्ने गरी बिहीबार बस्ने गरी बैठक सकिएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरेका हुन् । 

बिहीबारका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची थियो। तर प्रधानमन्त्री देउवाका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले उक्त प्रतिवेदन पेस गरेका थिए। 

आज पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद् बैठकमा अवरोध गरेको छ । दसैँपछि पहिलो पटक बसेको प्रतिनिधि सभाको बैठक सुरु हुने बित्तिकै एमाले सांसदले नाराबाजी गरेका हुन् । 

तत्कालीन एमालेका सांसद माधवकुमार नेपाललगायतका १३ जना सांसदलाई कारबाही गर्न आफ्नो पार्टीले सिफारिस गरेको तर सभामुख सापकोटाले उनीहरूलाई कारबाही नगरेको भन्दै सरकारबाट बाहिरिएसँगै एमालेले प्रतिनिधि सभा बैठकमा अवरोध गर्दै आएको छ। 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्