सैघाली खबर
काठमाडौं,१६ फागुन
संघीय संसद् सचिवालयले आज संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल गर्दैछ । सचिवालयले नयाँ बानेश्वर स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमाअपराह्न २ बजे छलफलका लागि उपस्थितहुन सबै राजनीतिक दललाई आमन्त्रण गरेको छ । संघीय संसद्को निर्वाचन पछिको पहिलो अधिवेशन भएकाकारण दलसँग छलफल गर्न लागिएको सचिवालयले जनाएको छ ।
दुवै सदनको पहिलो बैठक फागुन २१ गते दिउँसो ४ बजे बस्दैछ। प्रतिनिधिसभाको सभामुख, उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्षको निर्वाचन र प्रधानमन्त्रीले सदनसमक्षविश्वासको मतलिने काम सकिएपछि सरकारले दिने कार्यव्यापारकाआधारमा संसद् बैठकको कार्यसूची तय हुनेछन् ।
दुवै सदनको पहिलो बैठक र त्यसपछिका केही बैठकका अजेन्डा तय गर्ने विषयमा छलफल हुने संसद् सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले जानकारी दिनुभयो । सचिवालयले नेकपा एमाले, नेपालीकांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी, संघीय समाजवादीफोरम नेपाल गरी राष्ट्रिय मान्यता प्राप्त पाँचदल र राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालमजदुर किसान पार्टी, नयाँशक्ति, राष्ट्रिय जनमोर्चा नेपाल र स्वतन्त्र सांसदसँग छलफल गर्न लागेको हो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।