काठमाडौं नरेफाटबाट लागुऔषधसहित तीन जना प’क्राउ



काठमाडौँ । काठमाडौँ महानगरपालिका–३२ नरेफाँटबाट दुई किलो ५०० ग्राम चरेससहित ३ व्यक्ति प’क्राउ परेका छन् ।

पक्राउ पर्नेमा मकवानपुर कैलास गाउँपालिका १ घर भई हाल काठमाडौँको बालाजुस्थित बोराटार बस्दै आएका १९ वर्षीय युवराज स्याङबो, काठमाडौं महानगरपालिका-३२ जडिबुटी घर भएका ३४ वर्षीय अबिनास राज भण्डारी र मकवानपुर हेटौडा उपमहानगरपालिका घर भई हाल ललितपुर महालक्ष्मी स्थान बस्दै आएका २८ वर्षीय विवेक रुम्बा रहेका  प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

महानगरीय प्रहरी प्रभाग कोटेश्रबाट गए राति खटिएको टोलीले जाँच गर्ने क्रममा उनीहरूको साथमा चरेस फेला पारेपछि प’क्राउ गरिएको जनाइएको छ ।

नरेफाटस्थित धमला दुध डेरी अगाडि सडक खण्डमा लागू औषध बिक्री वितरण गर्न लागेको विशेष सूचनाको आधारमा प्रहरी प्रभाग कोटेश्वरका प्रहरीले उनीहरूलाई काठमाडौँको नरेफाटबाट प’क्राउ गरेको हो ।

प्रहरीले उनीहरूको साथबाट ३ किलो ४७० ग्राम चरेस, १८० ग्राम गाँजा र ४ थान मोबाइल बरामद गरेको छ । यस घटनामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्