बागमतीका नवनियुक्त मुख्यमन्त्री पाण्डेले लिए शपथ



हेटौँडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले बिहीबार अपराह्न ३ : ३० बजे  शपथ गराएका हुन् । 

मुख्यमन्त्री पाण्डेसँग काँग्रेसबाट कृष्णलाल भँडेल, माओवाद केन्द्रबाट कुमारी मोक्तान र एकीकृत समाजवादीबाट कृष्णप्रसाद शर्माले मन्त्रीको शपथ लिएका छन् । भँडेललाई भौतिक पूर्वाधार, मोक्तान सामाजिक विकास र शर्मालाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि पाण्डेले प्रदेशसभाका बहुमत सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दावी पेश गरेका थिए । उनलाई काँग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)को समर्थन रहेको छ ।    एमालेका तर्फबाट धादिङ क्षेत्र १ (१) बाट विजयी बनेका पाण्डे बाग्मती प्रदेशको तेस्रो मुख्यमन्त्री बनेका हुन् । 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्