लाइसेन्सको अनलाइन आवेदन बन्द



सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि दिने अनलाइन आवेदन बन्द भएको छ। प्राविधिक समस्या देखिएकाले सेवा बन्द गर्नु परेको यातायात व्यवस्था विभागले बताएको छ।

बिहीबार एक सूचना जारी गर्दै विभागले भनेको छ, ‘अनलाइन आवेदन प्रणालीमा केही प्राविधिक  समस्या देखिएको हुनाले मर्मतका लागि बन्द गरिएको ब्यहोरा सबैको जानकारीका लागि अनुरोध छ।’  विभागले अनलाइन प्रणाली मर्मतको कार्य भइरहेको बताएको छ।

कोभिड महामारीका कारण ६ महिनादेखि अनलाइन आवेदन प्रणाली बन्द थियो। गत सोमबारदेखि सुरु भएको सेवा पुनः बन्द भएसँगै लाइसेन्स आवेदनका लागि कुरिरहेकाहरू समस्यामा परेका छन्। विभागले ६ महिना देखि बन्द रहेको लाइसेन्सको नयाँ आवेदन साेमबारदेखि खुलेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्