सैघाली खबर
काठमाडौं,१६ फागुन
एमाले र माओवादीले पार्टी एकीकरणा विषयमा कार्यदल तहमा छलफल सुरु गरेका छन् । पार्टी एकता पछि बन्ने अन्तरिम बिधानको प्रारम्भिक मस्यौदा तयार गर्न हिजो उपसमिति गठन भएको छ । पार्टी एकीकरण पछि बन्ने पार्टीको अन्तरिम विधान र संगठनात्मक एकता सम्बन्धी बिधि तयार पार्न गठिन कार्यदलले प्रारम्भिक मस्यौदा बनाउन उपसमिति गठन गरेको हो ।
एमाले केन्द्रीय कार्यालय धुम्बा राहीमा आज बसेको कार्यदलको बैठकले यही २२ गते भित्र प्रारम्भिक मस्यौदा पेश गर्न २÷२ सदस्यीय कार्यदल गठन गरेको कार्यदलका सदस्यगोकर्ण विष्टले जानकारी दिनुभयो । कार्यदल सदस्य विष्टका अनुसार अन्तरिम बिधानको प्रारम्भिक खाका मस्यौदा गर्न माओवादीका वर्षमान पुन र एमालेका बेदुराम भुसाल रहेको उपसमिति गठन भएको छ ।
जनसंगठन, भातृ संगठन, सामुदायिक संगठन, पेशागत संगठन र बिभिन्न प्रतिष्ठानहरुको एकीककरण बिधि र नीति तय गर्न अर्को कार्यदलबनेको छ । दुवै उपसमितिले २२ गतेको बैठकमा प्रारम्भिक रिपोर्ट पेश गरेपछि कार्यदलले थप छलफल गरेर फागुन २५ भित्रअन्तरिम बिधान र संगठनात्मक एकीकरणको बिधि पार्टी एकता संयोजन समिति समक्ष पेश गर्नेछ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।