शिक्षा क्षेत्रमा देखिएको कमी कमजोरीमा सुधार ल्याउँछौँ : मन्त्री यादव



लहान । सङ्घीय सरकारका शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमायाकुमारी यादवले शिक्षा क्षेत्रमा देखिएको सवैखालका समस्या तत्काल समाधान गर्न सरकार लागी परेको बताएको छ । सिराहाको लक्ष्मीपुर पत्तारी गाउँपालिका ५ खरुकियाहीमा एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनले आज आयोजना गरेको सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा प्रमुख अतिथिको रूपमा आएका मन्त्री यादवले सामुदायिक शिक्षामा सुधारको लागि सरकार लागिपरेको बताएको हो ।

विभिन्न विद्यालयमा कार्यरत राहत, अस्थायी, निजी स्रोत लगायतका शिक्षकहरूले बेला बखत आफू अन्यायमा परेको चर्को विरोध गरिरहेकोले कार्यकाल भित्र यी समस्या समाधान गर्न आफ्नो तर्फबाट विशेष पहल गर्ने प्रतिबद्धता जनाए । बाल विकास केन्द्रमा अध्यापन गराउने सहयोगी कार्यकर्ताहरूको मासिक सेवा सुविधामा एकरूपता नरहेकोले एकरूपता ल्याउन पनि आफू नीतिगत पहल गर्ने मन्त्री यादवले प्रतिबद्धता गरे ।

तराईका अधिकांश सामुदायिक विद्यालयहरूमा विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी अभाव कायमै रहेको लगायतका विभिन्न समस्याहरू शिक्षा क्षेत्रमा देखिएकोले दरबन्दी मिलानका लागी पहल गरिरहेको मन्त्री यादवको भनाई छ । यस्तै विशिष्ट अतिथिको रूपमा कार्यक्रममा सहभागी प्रदेश नम्बर २ सरकारका आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रबीकुमारी कर्णले अब आउने तिनै तहको चुनावमा नेकपा माओवादी केन्द्र ठुलो पार्टी बन्ने दाबी गरेका छन् ।

जनताको हितमा काम गर्ने एक मात्र पार्टी नेकपा माओवादी केन्द्र भएकोले अब जनताले अत्यधिक मत दिएर पार्टीलाई विजय गराउनेमा दुई मत नरहेको बताए । चुनावको मिति नजिक आउनै लाग्दा गाउँ गाउँमा खटन÷सक्रिय रहन नेता तथा कार्यकर्ताहरू लाई दुवै मन्त्रीले निर्देशन समेत दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्