किन जारी गरियो विप्लवका नाममा वारेन्ट ?



माअाेवादी केन्द्रबाट रामबहादुर थापा बादल गृहमन्त्री बनेकाे २ दिनपछि नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवको नाममा वारेन्ट पुर्जी जारी गरिएकाे छ ।

महासचिव विप्लवका दार्इ चन्द्रबहादुर चन्दको कपिलबस्तुस्थित शिवराज नगरपालिका वडा नम्बर ९ स्थित घरमा वारेन्ट जारी गरेको पुर्जी टाँस गरिएकाे छ ।

महासचिव विप्लवलाई ज्यान मार्ने तथा विष्फोटक पदार्थको मुद्दा लगाएर गिरफ्तार गर्न उक्त पुर्जी टाँस गरिएकाे छ  ।

जिल्ला प्रहरी कार्यालय भोजपुरले गत मंसीर १० गते दर्ता गरेको मुद्दालाई कार्यान्वयन गराउन कपिलबस्तु जिल्लाको वडा प्रहरी कार्यालयलाई पत्र लेखेको छ ।

माअाेवादी केन्द्रबाट रामबहादुर थापा(बादल) गृहमन्त्री भएको २ दिनपछि पुर्जी टाँस गरिएकाले उक्त कार्यलाई निकै अर्थपूर्ण रुपमा लिइएको छ । उक्त पुर्जीसँगै टाँसिएको अर्को पत्रमा महासचिव विप्लवको अंश रोक्का गरिने उल्लेख गरिएको छ ।

पत्रमा यदि २ वर्षसम्म गिरफ्तारी नदिएमा रोक्का सम्पूर्ण अंशमा कुनै हक नलाग्ने कुरा उल्लेख छ ।

कम्युनिस्ट नामकाे पार्टी नेतृत्वमा सरकार बन्नु, जनयुद्धबाट अाएकाे नेता गृहमन्त्री बनेकै समयमा नेकपाका महासचिवमाथि लगाइएकाे यस्ताे वारेन्ट मुद्धाले दश वर्षे जनयुद्धकाे झल्काे अाउने गरेकाे विश्लेषकहरूकाे राय रहेकाे छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्