दाङमा खुमबहादुर खड्काको दबदबा, कांग्रेस छान्यो उम्मेदवार (नामसहित)



nepali cangresss

दाङ ३१ जेठ । नेपाली कांग्रेसले दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि सबैभन्दा विवादित दाङ जिल्लामा उम्मेदवार छनोट गरेको छ ।

बुधबार बसेको कांग्रेस शीर्ष नेताको बैठकले दाङको घोराही उपमहानगरपालिका र तुलसीपुर नगरपालिकामा उम्मेदवार छनोट गरेको हो ।

घोराही उपमहानगरपालिकाको मेयरमा भुपबहादुर डाँगी र उपमेयरमा पुष्पा श्रेष्ठ, तुलसीपुर नगरपालिकाको मेयरमा गेहेन्द्र गिरी र उपमेयर देविका नेपाली छनोट भएका छन् ।

छनोट भएका सबै उम्मेदवार कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्का निकट हुन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्